नायिका प्रियंका कार्की क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न सीआईबिको घेरामा

चैत ६ काठमान्डौ – नायिका प्रियंका कार्की नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को अनुसन्धानमा तानिएकी छिन् ।नायिका कार्कीले क्रिप्टोकरेन्सीको प्रचारबाजि गरेको ब्युरोले जनाएको छ। ब्युरोले उनलाई आज बोलाएर सुधपुछ समेत गरेको छ।

केही समयअघि सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर उनले भनेकी थिइन्–‘क्रिप्टोकरेन्सी मा मैले लगानी गरेको छु, तपाईंहरू पनि लगानी गर्नुस् ।नेपाल राष्ट्रबैंकले क्रिप्टोकरेन्सी गैह्र कानुनी रहेको भन्दै त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ ।