मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु आठ जना पक्राउ
चैत ७काठमाण्डाै – स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा एक महिला प्रहरी जवानको ज्यान गएपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु लगाइएको छ।
मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नं. ५ स्थित शिक्षा विकास माविका मनोज पौडेल नाम गरेका शिक्षकले सोही विद्यालयमा १२ बर्षकि कक्षा ७ मा अध्ययनरत एक छात्रालाई दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा हिजो स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो ।
झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको छ। घटनामा केही प्रहरी र स्थानीय बासिन्दा समेत घाइते भएका छन् । आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेको थियो ।

घटनाको छानबिन गर्न आठ सदस्यीय छानबिन समिती गठन गरिएको छ भने अहिले सम्म प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ।