surkhet

पूर्वविजेता स्पेनलाई आयोजकको चुनौति

surkhet

२०७५ असार १७ रुस विश्वकपअन्तर्गत प्रिक्वार्टरफाइनलको खेलमा आइतबार स्पेनले आयोजक रुससँग प्रतिस्पर्धा गर्ने छ । स्पेन र रुसबीचको खेल पनि निकै रोचक हुने निश्चित छ । सन् २०१० को उपाधि विजेता स्पेन अहिले पनि उपाधिको दाबेदार टोली हो । घरमै खेल्दा रुसलाई घरेलु मैदान र दर्शकको महत्वपूर्ण साथ रहने छ ।

Gorkha

मस्कोस्थित लुजनिकी रंगशालामा खेल ७ बजेर ४५ मिनेटमा सुरु हुने छ। दुबै टिम जित हात पार्दै क्वाटरफाइनलमा पुग्ने होडमा रहेका
छन् । स्पेन रसियाभन्दा बलियो टिम हो । तर, स्पेनलाई त्यति सजिलो हुने भने छैन । खेल निकै रोचक हुने समर्थकको आस छ ।

स्पेन र रसिया अहिलेसम्म ६ पटक भेट भएका छन । स्पेनले ३ पटक जितेको छ। ३ खेलमा भने दुबै टिमले बराबरी खेलेका छन् । २०१४ विश्वकप खेलमा स्पेन १–० गोलले विजयी भएको थियो । यसै गरि आज को दोश्रो खेलमा वने डेनमार्क र क्रोसिया भिड्ने छन् ।

salyan