माओवादको ब्राण्ड समातेर देशमा विकास हुँदैन : बाबुराम भट्टराई

काठमान्डौ – पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताएका छन् ।

शुक्रवार राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
समय धेरै परिवर्तन भैइसकेको भन्दै अब माओको अर्थ राजनीतिको पक्षबाट आर्थिक विकास हुन उनको तर्क छ। भट्टराईले माओवादीका नेताहरुलाई अब त्याङवादी भएर आर्थिक विकास र समृद्धिको बारेमा सोच्न पनि सुझाव दिए ।

उनले छिटो दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नको लागि रोजगार सिर्जना गर्न र व्यापार घाटा घटाउन तथा तीव्र गतिले देश विकास गर्न हिजोको उदारवाद र साम्यवादको मोडेलभन्दा फरक ढंगले अघि जाने आँट गर्नुपर्ने बताए ।