surkhet

पीएनजीलाई पराजित गर्दै नेपाल १५ रनले विजयी

surkhet

चैत १४,काठमान्डौ -नेपालले पपुवा न्यु गिनी (पीएनजी) लाई त्रिकोणात्मक ट्वान्टी २० शृंखलाको पहिलो खेलमा १५ रनले पराजित गरेको छ । १ सय ८४ रनको लक्ष्य लिएर आएको पीएनजी ४ बल अगाडि १ सय ६८ रनमा अल आउट भयको हो। कप्तान सन्दीप लामिछाने र करण केसीले ३/३ विकेट लिएका थिए।

Gorkha

सन्दीपले ४ ओभरमा २२ र करणले ४ ओभरमा ४४ रन खर्चे । अविनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ४२ रन खर्चेर १ विकेट लिन सफल भए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा नाै विकेट गुमाएर १ सय ८३ रन बनायको थियो। नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिदेशीय टी–२० शृङ्खला आजदेखि सुरु भएकाे हाे । नेपालले दोस्रो खेलमा पर्सि बुधवार मलेसियासँग र आउँदो बिहीवार पपुवा न्युगिनीसँग खेल्ने भएको छ।

salyan