suekhet
bheriad

सुन तस्करमा आयन कमि ,,

lekabesi

असार १७ , काठमाण्डौ – साढे ३३ केजी सुन तस्कर र सनम साक्य हत्या प्रकरणको मुद्दाको प्रक्रिया जारि हुँदै गर्दा राजधानीमा सुन तस्कर झन् बढ्दो गरेको पाईन्छ ।,काठमाण्डौको थानकोट बाट प्रहरीले आज ६ केजी अबैध सुन सँग एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । नियमित चेकजाँचको क्रममा सुन भेटिएको प्रहरीले जनाएको छ ।

चीनको केरुङ नाकाबाट मोटरसाइकलमा ल्याउँदै गरेको सुन प्रहरीले फेला पारेको हो । विशेष सूचनाको आधारमा बेलुका ७ बजे महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहनकुमार थापाले जानकारी दिए । प्रहरीले विशेष सुचनाको आधारमा सनिबार पनि ३ केजी सुन सहित ५ जनालाई पक्राउ गरेको थियो ।

,गृहमन्त्रीको विशेषटोलीले अहिले अम्म करिब ३८ विन्टल सुन नेपालमा अबैध कारोबारो र केहि व्यक्तिको हत्या भयको खुलासा सँगै विशेष छानबिन गरेको छ ।, प्रहरी उच्च तहका कर्मचारी पनि यो कार्यमा संलग्नक भयको थाँहा पायपछि ति व्यक्ति पनि अदालतमा पेश जारि छन्। गृहमन्त्री थापाका अनुसार सरकारी पक्षका ठुला माछा पनि पर्न सक्ने भन्दै बिशेस छानबिन अगाडी बढेको छ।