क्रोएसिया क्वाटरफाइनलमा प्रवेश, डेनमार्क पेनाल्टीमा चुक्यो ,,,

असार १८ , एजेनसि – रसियामा जारि विश्वकप २०१८ खेलमा हिजो भयको क्रोएसिया र डेनमार्क बीच क्रोएसियाले डेनमार्कलाई ३-१ ले पाराजित गर्दै आफ्नो जित हासिल गरेको छ। प्रिक्वाटरफाइनलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसियाले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

निर्धारित समय र थप गरिएको ३० मिनेटको समयसम्म दुबै टिमले १–१ गोलको बराबरी खेलेपछि पेनाल्टीबाट खेलको टुंगो लागेको हो । पेनाल्टी सुटआउटमा क्रोएसियाले डेनमार्कलाई ३–२ गोलले पराजित गर्न सफल भयो ।सेमिफाइनल प्रवेशका लागि क्रोएसियाले अब आयोजक रसियासँग प्रतिस्पर्धा गर्नेछ । रसिया पनि पेनाल्टी सुटआउटमा ४–३ गोलले स्पेनलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको टिम हो ।
