surkhet

चन्दा उठाएको पैसा चार दिन भित्र फिर्ता गर्न विप्लवको निर्देशन

surkhet

काठमान्डौ -नेकपा नेत्र विक्रम चन्द विप्लव नेकपाका महासचिव विप्लवले चन्दा उठाएको पैसा चैत्र मसान्त अर्थात् चार दिन भित्र फिर्ता गर्न निर्देशन दिएका छन्। नेतृत्वको नेकपाका एक जना नेताले चन्दाको नाममा लाखौँ उठाएर हिनामिना गरेको खुलेको छ।

Gorkha

नेता भीम चापागाईँले पार्टीको नाममा अन्नपूर्ण होटलबाट लाखौ रुपैया ल्याएर खाएको जानकारी पछि महासचिव विप्लवले त्यसबारे छानविन हुने बताए। विप्लव पार्टीको केन्द्रीय समितिको बैठकपछि जारी गरेको सर्कुलरमा ‘पार्टीको नाममा भिम चापागाईँले उठाएर खाएको लाखौँ पैसाबारे छानविन गर्ने’, उल्लेख गरिएको छ ।

चापागाईँले पार्टी र नेतृत्वको नाममा लाखौँ रुपैया असुल गरि हिनामिना गरेको, संगठनात्मक रुपमा गुटबन्दी र अराजकता मच्चाएर शंकास्पद गतिविधि गरेकोले केन्द्रीयस्तरबाटै छानविन गर्ने पनि विप्लवले जनाएका छन् । पार्टीभित्र आर्थिक अराजकता निम्त्याउने, हिनामिना गर्ने र पार्टी नेतृत्वको दुरुपयोग गर्ने प्रवृत्ति, पात्र र गतिविधिलाई बन्देज लगाउने पनि विप्लवको पार्टीले निर्णय गरेको छ । त्यस्तै विप्लवको सर्कुलरमा चितवनमा विवेक शाहको जग्गा मुद्दाबारे छानविन गर्ने पनि उल्लेख छ ।

salyan