यी नै हुन आज जापान जांदै गर्दा गोलीसहित पक्राउ परेकी सोबिता
चैत २८

काठमान्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोलीसहित पक्राउ परेकी युवतीलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले सोमबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँकी २७ वर्षीया सोबिता नेपाली छिन ।प्रहरीका अनुसार उनि नेपाल एयरलाइन्सको उडानबाट मलेसिया हुँदै जापान जान लागेकी थिइन।

तनहुँको भानु नगरपालिका ७ की स्थायी बासिन्दा नेपालीको झोला जाँचको क्रममा मनीपर्सभित्र के एफ १३५.५६ लेखिएको गोली फेला परेको हुँदा आवश्यक अनुसन्धानका लागि कारबाहीका लागि नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘तनहुँ साविक बसन्तपुर गा.वि.स.वडा नं. ६ हाल परिवर्तित भानु न.पा.वडा ७ स्थायी वतन भएकी वर्ष २७ की सोबिता नेपालीले लिई आएको घ्यू रंगको लेडिज हाते ब्यागलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ X-ray ‘A’ मा चेकजाँच गर्ने क्रममा उक्त ब्यागभित्र रहेको कालो रंगको मनीपर्स भित्र KF 13 5.56 लेखिएको गोली राउण्ड- १ (एक) फेला परेको हुँदा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको छ।
