दैनिक वर्षाले नारायणगढ मुग्लिनसडक अबरुद्द ,,

१८ असार ,भरतपुर – पहिरोका कारण नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ। आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको स्थानमा बाटो अवरुद्ध हुँदा सवारीसाधनहरू सडकमै रोकिएका छन्।

बिहान करिब ८ बजेतिर ईच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिक पहिरो खसेपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। अत्यधिक वर्षाका कारण बाटो पन्छाउन नसकेको ईलाका प्रहरी कार्यालय मुग्लिन जानकारी दिएको छ।

ईच्छाकामना गाँउपालिका ६ स्थित चार किलो, जलविरे, तोपे खोलामा बिहान ६ बजे पहिरो गएको थियो। पहिरो पूर्ण रुपमा पन्छाउन नसकेपछि एकतर्फी सञ्चालन गरिएको सडक अर्को पहिरोले पूर्ण रुपमा बन्द गरेको हो। सडक स्तरको काम भयपनी कच्ची माटो र भू बनोटका कारण मुग्लिनमा पहिरो जाने गर्छ ।

lekbesi