surkhet

पल शाह प्रकरणमा पीडितले बयान फेरेर बलात्कार होइन भनिन अब के हुन्छ

surkhet

काठमान्डौ – अभिनेता पल शाहलाई बलात्कारको आरोप लगाएकि नाबालिगले अहिले बयान फेरेकी छिन। नाबालिग गायिकाले पल शाह (पूर्ण विक्रम शाह)ले बलात्कार गरेको भन्दै बयान दिएपछि पल शाह अहिले थुनामामा छन्। तर उनै पिडितले अहिले आफूलाई बलात्कार नगरेको भन्दै जिल्ला अदालत तनहुँले लिएको बकपत्रमा बयान दिएकि छिन।

पिडितले पहिले बलात्कार हो भनेकी थिइन्, अदालतले बकपत्र गर्दा होइन भनिन जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले भने हामीले पेश गरेको मिसिलमा सबै प्रमाण छन्। अदालतले पीडित नाबालिगसँग आइतबार बकपत्र गरेको थियो। बकपत्रमा बयान फेरिए पनि पुष्टि हुन गाह्रो हुने शर्माले बताए।

Gorkha

अभिनेता पल शाहले पोखरा, तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै १७ बर्षीय गायिकाले उजुर दिएकि थिइन्। तनहुँ प्रहरीमा फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते पीडित परिवारले जाहेरी दिएका थिए।

Dailekh

उक्त जाहेरीको थुनछेक बहसपछि दुबै जिल्ला अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। थुनछेक बहसमा अभियुक्त पलले नाबालिगलाई बलात्कार नगरेको बताउदै आईरहेका छन्। पीडित नाबालिगले बयान फेरेसँगै अब के हुन्छ भन्ने समेत सबैको ध्यान गईरहेको छ। बलात्कार नहुदै बलात्कारको आरोप लगाउनेलाई ३ देखि ६ बर्षको सजाय हुने गरेको छ।

यस्तै पिडितले बयान फेरेपछि अधिकारकर्मी मोहना अन्सारीले पल शाह प्रकरणमा पुरुषार्थको विजयी भएको टिप्पणी गरेकी छन्। नाबालिगको पक्षमा वकालतसमेत गरेकी अन्सारीले सामाजिक सञ्जालमा लेखेकी छन् ‘पुरुषार्थको विजय कसरी हुन्छ। आज साक्षी भइयो,’

salyan