वीरगञ्ज पनि डुबानमा ,,
१८ असार, वीरगञ्ज – हजो रातिदेखि भइरहेको अविरल वर्षाका कारण वीरगञ्जको विभिन्न स्थान डुबानमा परेका छन । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।वीरगञ्जको मुख्य बजार आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा समेत पानीको निकास रोकिएका कारण सर्वसाधारणले सास्ती ब्यहोरेका छन् ।
वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी पसेको छ । घर तथा पसलबाट निस्कने फोहोरहरु जथाभावी सडक र नालामा नै फाल्ने गरिएको कारण नाला जाम भएर वर्षेनी पानी पर्नेवित्तिकै वीरगञ्जका अधिकांश सडकहरु तालमा परिणत हुने गरेका छन् ।
नगर क्षेत्रमा एकीकृत मझौला सहरी वातारण सुधार परियोजना अन्तर्गत नाला निर्माणको काम सम्पन्न भइसकेका ठाउँमा समेत पानीको निकास नभएको गुनासो नगरबासीले गरेका छन् । वर्षेनी नगर क्षेत्र डुबानमा पर्ने गरेको भएपनि समस्या समाधानका लागि महानगरपालिकाले ठोस योजना ल्याउन नसकेको नगरबासीको गुनासो छ । पनि सडकमा जमे लगतै पैदल यात्रु हरुलाई सास्ती भयको छ
वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भिष्म कुमार भुषालले भने समथर भू–भाग भएका कारण पानी जम्ने समस्या देखिएको बताए । ‘समथर जमिन छ, पानी पर्दै गएपछि नदीको बहाव बढ्छ, स्वाभाविक रुपमा केही समय पानी त जम्छ नै,’ उनले भने, ‘बिहानैदेखि सरसफाई कर्मचारीहरुलाई फोहोरले जाम भएको नाला खोल्न लगाइएको छ । आवश्यक उपककरणहरु समेत तयारी अवस्थामा राख्न भनिएको छ ।