शिवपुरी राष्ट्रिय निकुञ्जस्थित क्षेत्रमा भीषण आगलागी अझै नियन्त्रण हुनसकेन

काठमान्डौ – शिवपुरी राष्ट्रिय निकुञ्जस्थित क्षेत्रमा भीषण डढेलो भएको छ । आगलागी निभाउन हेलिकप्टर प्रयोग गरिएको छ । डढेलो नियन्त्रणमा लिन घटनास्थलमा इन्स्पेक्टरको नेतृत्वमा टिम परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

बुढानिलकण्ठबाट पूर्वतिर तारेभिरको जंगलमा दिउँसो २ बजेदेखि आगलागी भएको खबरपछि प्रहरी उक्त क्षेत्रम पुगेको थियो। नेपाली सेना, वनको टोली पानि ट्याङ्कर हेलिकोप्टरबाट पानि हालेर पनि आगो अझै नियन्त्रणमा नआएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए।
यस्तै आजै प्रहरीका अनुसार म्हैपी मन्दिर नजिकैको जंगलमा लागेको आगो दुई वटा दमकल, सोह्रखुट्टे प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । टोखामा विष्णुमति नदीको मुहानमा रहेको सामुदायिक वनमा पनि आगलागी भएपछि प्रहरीले दमकल प्रयोग गरेर नियन्त्रणमा लिएको छ।
