सोनम कपुरले बिहे गर्ने ,,

रंग दर्पण १९ माघ – अनिल कपुरकी फेसनवेल छोरी सोनमले आफ्नो जोडी खोजिसकेकी छिन् । आगमी जुन महिनामा उनको बिवाह धुमधामका साथ हुने चर्चा छ । सोनम कपुर त्यसैपनि फेसनेवल । फिल्ममा आउनुअघि उनी फेसन डिजाइनर थिइन् । त्यसो त बलिउड इभेन्टमा उनी यस्तो पहिरनमा झुल्किने गरेकी छिन्, जसले सर्वत्र ध्यान खिच्ने गर्छ ।
यी स्टाइलिस अभिनेत्री सोनमले यहि बर्ष ब्वाइफ्रेन्ड आनन्द आहूजासँग जोडी बाध्ने पक्का भएको हो । दुबै लामो समयदेखि रिलेसनसिपमा थिए ।

अनिल कपुरले उनीहरुको सम्बन्धलाई त्यती निको मानेका थिएनन्, सुरुमा । तर, अहिले उनी पग्लिसकेका छन् । उनले छोरीलाई बिहेका लागि स्विकृति दिइसकेका छन् । आमा र भाईले पनि सोनमको निर्णयलाई सदर गरेका छन् ।

अर्को कुरा, सोनमको होम प्रोडक्सनमा बनेको फिल्म ‘वीरे दी वेडिंग’ पनि जुन महिनामा रिलिज हुँदैछ ।उनले फ्लिम र आफ्नो बिहे यकै महिनामा भयको ले खुसि ब्यक्त गरिन ।
