surkhet

चौरजाहारी नगरपालिका वडान ३ मा माओवादी केन्द्रको चुनावी कार्यक्रम सम्पन्न

वैशाख २४

surkhet

रुकुम पश्चिम – कर्णाली प्रदेश रुकुम पश्चिमको चौरजाहारी नगरपालिका वडा नम्बर ३ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा अध्यक्ष लालबहादुर बुढाथोकीको अध्यक्षमा चुनावी कार्यक्रम सम्पन्न गरिएको छ।

२०७४ सालको निर्वाचनबाट भारी मतबाट विजय भएका अध्यक्ष लालबहादुर बुढाथोकीले नगरपालिकाको वडा नम्बर ३ मा जनताले चाहे जस्तै गरि तिवार विकास गरेका छन्। उनको कार्यलाई देखेर वैशाख ३० गते हुने स्थानीय चुनावमा जनताले पून: दोस्रो कार्यकालको अध्यक्षमा बुढाथोकीलाई नै उमेद्वार बनाएका छन्।

Dailekh

चौरजाहारी नगरपालिका वडा नम्बर ३ को चुनावी सभामा पुर्ब योजना तथा आर्थिक मन्त्री गोपाल शर्मा अनल,नेपाल कम्युनिस्ट पार्टीका नेता ऋषि प्रसाद जैसी ,नगर प्रमुख बिशाल शर्मा ,प्रदेश सदस्य बिरेन्द्र बि एम,सुख्खा खानेपानी तथा किसान अध्यक्ष तेजबहादुर बटाला ,वाइसीएल नेपालका प्रदेश सदस्य बालकृष्ण बुढाथोकी को उपस्थिति रहेको थियो ।

Gorkha

पाँच वर्षको अन्तरलमा चौरजाहारी नगरपालिकामा १ नम्बर वडा देखि १४ नम्बर वडा सम्म जनताले चाहेको भन्दा धेरै बिकास गरेको भन्दै जनताले फेरी पनि माओवादी केन्द्रका बुढाथोकीलाई स्वागत गरिएको हो।

चौरजाहारी नगरपालिका वडा नम्बर ३ नमुनाको रूपमा वडाको बिकास गर्ने लालबहादुर बुढाथोकीले आफ्नो प्रतिबद्धता राखदै आफू वडा अध्यक्ष मात्र नभएर नमुना वडाको अध्यक्षको रुपमा जनता सामु आफ्नो पहिचान दिने समेत घोषणा गर।

चौरजाहारी नगरपालिकाका वडा न १ देखी सुरु गरिएको चुनावी सभा कार्यक्रम १४ वटै वडामा आज सम्पन्न गरिएको छ ।चुनावी सभाको अन्तिम कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष लालबहादुर बुढाथोकीले सम्पन्न गरेका छन भने आजबाट चुनावी सभा कार्यक्रम सकिएकोसमेत घोषणा गरिएको हो।

 

salyan