प्रधानमन्त्री देउवाकि श्रीमती आरजु राणालाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण
बैशाख २७

काठमाडौँ – निर्वाचन आयोगले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार नेतृ राणाले कैलालीको धनगढी उपमहानगरपालिकामा आयोजित कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखाउने किसिमको अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको हो ।
कैलालीमा आयोजित एक कार्यक्रममा मतदातालाई आर्थिक प्रलोभन देखिएको र गठबन्धनका उम्मेदवारलाई जिताए त्यहाँका ४/५ जनालाई निःशुल्क रुपमा भिसा टिकट उपलब्ध गराइदिने भनी प्रलोभन देखिएको भन्दै बुधबार नेपाली कांग्रेस (बीपी)ले राणाविरुद्ध आयोगमा उजुरी दर्ता गराएका थिए ।

राणाले आफूलाई फ्री भिषा फ्री टिकेटको कुरा आएको र चुनावमा मतदान गर्नेलाई सबैलाई नभएपनि ५ देखि ६ जनालाई मालेसिया पठाईदिने बताएकि थिइन्। उनले बोलेको कुरा अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचित बनेको छ।

आयोगले नेतृ राणालाई २४ घण्टे स्पष्टीकरण सोध्दै यहाँले बोल्नुभएको विषय संविधानसम्मत छ,छैन ? तपाईंले बोल्नुभएको विषयले बालिगको स्वतन्त्र रुपमा मतदान गर्न पाउने हकलाई संकुचन गर्छ‚ गर्दैन ? तपाईंले नेपाली कांग्रेसको नेताको हैसियतमा यस किसिमका अभिव्यक्ति दिन मिल्छ, मिल्दैन ? यो पत्र प्राप्त भएको समयले चौबीस घण्टाभित्र आयोगमा प्राप्त हुनेगरी स्पष्ट जवाफ पेश गर्नहुन निर्णयानुसार अनुरोध छ‚’ आयोगले पठाएको पत्रमा भनिएको छ ।
