निर्वाचन आचारसंहिताको धज्जी उडाउदै भदे बुढा गाडी लिएर प्रचारमा

बैशाख २८

दैलेख – दैलेखको नौमुले गाउँपालिका ६ सल्लेरीको गुरुङ टोलमा नेपाली कांग्रेस को तर्फबाट अध्यक्ष पदका प्रत्यासी भदे बुढा निर्वाचन आचारसंहिता विपरीत गाडीमा नेपाली कांग्रेस का नेता हरि राना, विध्या शर्मा रहेका छन ।

निर्वाचन आचारसंहिता विपरीत मतदाता लाई प्रभावित पार्न गाडीमा पैसा र ख्वाइपिइ गर्ने सामान सहित जनताको बस्तीमा भदे पसेका हुन् । नौमुलेमा फेरि पनि पैसा छरेर चुनाव जित्ने दाउँमा रहेका भदे ले जडिबुटी तस्करहरु बाट पैसा जम्मा गरि करोडौं रुपैया मा मत खरिद गर्न खोज्दैछन् । उनले नौमुले मा कोरोना कालका बेला जनताको राहत को निमित्त आएको चामल लुकाएर राखेको सडाएको मा आम नौमुलेवासि जनता आक्रोशित छन् ।

निर्वाचन अधिकृत हरि घिमिरे लाई सम्पर्क गर्दा मौन अवधी सुरु भैसकेपछी नेताहरु ले प्रचार र मतदाता लाई प्रभावित पार्ने गरि कुनै कार्य गर्न नपाइने बताउनु भयो। कानुन ठाडो को उल्लंघन गर्दै अध्यक्ष का प्रत्यासी भदे बुढा र उपाध्यक्ष अमृता सिहं ले गाडी प्रयोग गर्दै प्रचार गरिरहेका छन् । भदे बुढा लाई थप कुरा सोधपुज गर्न खोज्दा उनी अर्को बाटो बाट नौमुले तिर भागेका छन् ।