surkhet

रक्सि पीएर कांग्रेस कार्यकर्ताले एमालेका उम्मेदवारको खुकुरी प्रहार

बैशाख २९

surkhet

धनगढी – कैलालीको गोदावरी नगरपालिका ६ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीमाथि खुकुरी प्रहर भएको छ। बुधबार राति नेपाली कांग्रेसका कार्यकर्ताहरुले घरमै पसेर खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट वडाध्यक्ष जग्गु चौधरीकी छोरी २३ वर्षीया लक्ष्मी चौधरी, भाइ विन्तीराम चौधरी, भाइ बुहारी बसन्ती चौधरी, भतिजा रविन चौधरी र दिपक कठायत घाइते भएका छन् । नेपाली कांग्रेसका युवाहरु प्रकाश ओली, विनोद शाहसहितका १४/१५ जना टोलीले खुकुरी प्रहार गरेर फरार भएको घाईते जग्गु चौधरीले बताए।

खुकुरी प्रहारबाट उम्मेदवारका भाइ विन्तीराम चौधरी सबैभन्दा बढी घाइते भएका छन् । उनको पाखुरामा खुकुरीको गहिरो चोट लागेको छ भने उनलाई उपचारका लाग अत्तरियामा रहेको पदमा अस्पतालमा भर्ना गरिएको छ ।

Dailekh
Gorkha

यस्तै, उम्मेदारका भतिजा रविन चौधरीको पनि कान्छी औंला काटिएको छ । घाँटीमा हानेको खुकुरी छेक्न खोज्दा हातमा लागेर औला काटीएको रविनले बताए।

आक्रमण गरेपच्छी प्रहरीलाई खबर गरेपनि प्रहरीले ढिलो आएको उनले बताए। पाँच मिनेटमा आईपुग्ने ठाँउमा अपनी प्रहरीले आउन एक घण्टा लाग्यो। एमालेको जित पक्का हुने देखिएपछि कांग्रेस आत्तिएर ठाँउ ठाँउमा आक्रमण गरेको उनले बताए।

घाईतेको घरमा अहिले प्रदेश इन्चार्ज लेखराज भट्ट पुगेका छन्। भट्टले अहिले एमालेप्रति जनताको आकर्षण देखेर सत्तापक्ष अत्तालिएर आक्रमणमै उत्रिरहेको बताए । सत्ता पक्षले प्रहरी र प्रशासनलाई आफ्नो अनुकूल चलाइ रहेको छ, यस्तै गरियो भने चुनावको निष्पक्षतामा पनि प्रश्न चिन्ह उठ्ने उनले बताए। इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख डीएसपी रविन्द्रराजका अनुसार आक्रमण गर्नेहरुको खोजि भईरहेको बताए।

salyan