९ दिनदेखि हरायका १२ बालक थाईल्याण्डको गुफ्फामा भेटिय ,,

असार १९ , बैंकक – थाईल्याण्डमा नौ दिनदेखि हराइरहेका बाह्र जना बालक गुफ्फामा फेला परेका छन्। उनीहरु गुफ्फा हेर्न गयको बेला फसेका थिय। बाह्र बालक र एक शिक्षक सकुशल रहेका छन् । ११ देखि १२ वर्ष बीच रहेका बालक र सिक्षकको उद्दार गर्न भने केहि समयलाग्ने भयको छ। चियांग राईको थाम लुएङ गुफामा फसेका उनीहरुलाई उद्धारकर्ताले भेटेका हुन् । गुफाभित्र पानीकाे भेल पसेकाले उनीहरुलाई बाहिर निकाल्न भने अझै केही समय लाग्ने बताइएको छ । बीबीसीले उनीहरुलाई बाहिर निकाल्ने उपाय खोजी भइरहेको जनाएको छ । बालक हरु चार सय मिटर भित्र रहेको बिबिसीले जनायको छ।
