मतदान गर्न रौतहटको गौर पुगेका नेपाललाई चोर भन्दै नाराबाजी
बैशाख ३०
काठमान्डौ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुर्व्यवहार गर्द्दै नारा लगाईएको छ । मतदान गर्न रौतहटको गौर नगरपालिका १ स्थित रामजानकी कन्या विद्यालयमा पुगेका बेला मतदाताले दुर्व्यवहार गरेका हुन।
मतदान केन्द्रमा रहेका मतदाताले नेपाललाई चोर भन्दै नारा लगाएपछि केहीसमय अवस्था तनावग्रस्त भएको थियो । नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा मतदाताले नारा जुलुस गर्दै अवरोध गरेका थिए ।