तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवारमाथि कुटपीट
बैशाख ३०
तनहुँ – तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । जोशीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेका हुन्।
जोशीको टाउकोमा चोट लागेको छ।मतपत्र च्यातिएपछि विवाद हुँदा उनीमाथि आक्रमण भएको बुझिएको छ । जोशी एमालेको समेत समर्थन मेयरको उम्मेदवार बनेका हुन।