यूएईका राष्ट्रपति शेख खलिफा बिन जायदको निधन

बैशाख ३०

एजेन्सी – संयुक्त अरब ईमिरेट्स यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको निधन भएको छ। उनको ७३ वर्षको उमेरमा आज निधन भएको हो ।

राष्ट्रपति खलिफाको निधनमा ४० दिनसम्म राष्ट्रिय झण्डालाई आधा झुकाएर शोक मनाउने घोषणा गरिएको छ ।यस्तै तीन दिनसम्म मन्त्रालय, सरकारी तथा निजी सबै कार्यालयहरु बन्द गर्ने त्यहाँको राष्ट्रपतिको कार्यालयलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ ।

शेख खलिफा विगत केही वर्षदेखि बिरामी रहेका थिए। उनि आफ्ना बुवा शेख जायद बिन शुल्तान अल नयनको निधनपछि सन् २००४ देखि यूएईको राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आईरहेका थिए । शेख खलिफालाई आधुनिक यूएईका निर्माता समेत मानिन्छ ।

lekbesi