मतदान सकेर फर्किदै गरेका सहायक मतदान अधिकृतको मोटरसाईकल दुर्घटना मृत्यु

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटना हुँदा सहायक मतदान अधिकृतको मृत्यु भएको छ। वीरेन्द्रनगर ८ औद्योगिक क्षेत्र नजिक शुक्रबार साँझ कर्णाली प्रदेश ०२-००१ ब ००११ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा ४५ वर्षीय हृदय ढकालको मृत्यु भएको हो।

उनि वीरेन्द्रनगर,३ हरिडिलभूमि स्कुलमा मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रुपमा खटिएका थिए। मतदान सम्पन्न भएपछि घर फर्किने क्रममा उनले चलाएको मोटरसाईकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

मोटरसाईकल खाल्डोमा परेर उछिट्टिएको र बाटो छेउमा रहेको जस्ता पातामा ठोकिदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।

lekbesi