जेलमा रहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीका टीकापुरमा अग्रता

बैशाख ३१ ,धनगढी – कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। नागरिक उन्मुक्ति पार्टी जेलमा रहेका रेशम चौधरीको पार्टी हो।

चौधरीको नागरिक उन्मुक्ति पार्टीका मेयर उम्मेदवारले एक सय मत गन्दा ३४ मत पाएका छन्। ढकिया चिन्ह भएका उनका उम्मेदवारले ३४ मत पाएका छन् भने एमालेले १८ र कांग्रेसले १६ मत पाएका छन्।२०७४ को चुनावमा टीकापुरमा एमालेले मेयर जितेको थियो।