पोखरा महानगरमा समाजवादीका धनराज आचार्यको अग्रता

जेठ १ पोखरा – पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन्। धनराज आचार्यले ९२३ मत प्राप्त गरेका छन् ।

आचार्यलाई एमालेका उम्मेदवार कृष्णबहादुर थापाले पछ्याइरहेका छन् । थापाले ८०६ मत ल्याएका छन् । अहिलेसम्म २४०० मतगणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।