जुम्लाको कनकासुन्दर ८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यान बिजयी

जुम्ला – जिल्लाको कनकासुन्दरी गाउँपालिका ८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ ।

दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि सारेका थिए । उनीहरुले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।

धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जितेका हुन् ।उनका प्रतिद्धन्द्धी काँग्रेसका कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् ।

lekbesi

महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले जितिन् ।दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल बिजय भइन् । कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् ।