जुम्लामा अर्धनग्न जुलुस भन्छन डा.गोबिन्द केसीको माग पुरा नभय कडा रुपमा उत्रन्छौ ,,,

असार १९ , जुम्ला – केहिदिन अगाडी मात्र अनसन बस्न जुम्ला पुगेका डा गोबिन्द केसीलाई प्रहरीले हस्तक्षेप गरेको थियो ।,सरकारले आन्दोलन गर्नलाई क्राईट एरिया तोकेको छ, तोकियको स्थान भन्दा बाहिर मात्र आन्दोलन गर्न पर्ने भयपछि डा गोबिन्द केसीको सपोर्ट गर्दै यो उत्तर कोरिया हैन भन्दै आवाज उठायाको पनि सुनियो ।१५ औ अनसन बस्न केसी जुम्ला पुगेका हुन् ,अहिले उनको स्वास्थ्यमा समस्या देखियको छ।

,एता सरकारले चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ आन्दोलित भएको छ ।चिकित्सा क्षेत्र सुधारका लागि अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रिदै जाँदा पनि सरकारले अस्पतालमा उपचारसमेत गर्न नदिएको भन्दै संघले कर्णाली जुम्ला सडकमा अर्धनग्न जुलुस निकालेर विरोध प्रर्दशन गरेको हो ।चिकित्सा क्षेत्रमा देखिएका बेथिति हटाउन र जनताका लागि न्याय गर्ने डा केसीलाई अस्पतालमा उपचारसमेत गर्न नदिएको विरोधमा पहिलो दिन अर्धनग्न भएर सडक आन्दोलनमा उत्रेको संघका उपाध्यक्ष डा. प्रवीणकुमार गिरीले बताए ।
केसीलाई अँध्यारो र चिसो ठाउँमा राखिएकाले डा केसीको स्वास्थ्य निकै कमजोर बन्दै गएको मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले बताए । उनका अनुसार डा. केसीको मुटुको ढुकढुकी बढ्ने, छाती दुख्ने, रिंगटा लाग्ने, हातखुट्टा बाउँडिने, सुन्निने, टाउको दुख्ने समस्या बढ्दै गएको छ । उनलाई तत्काल भने जस्तै उपचार नगरे सरकार प्रति कडा आन्दोलनमा उत्रिने आन्दोलन कर्ताले बताय। केसीले भने आफ्नो माग पुरा नगरे अन्तिम सम्म लडी राख्ने बतायका छन् ।
