चौरजहारी नगरपालिका वडान ३ मा माओवादी केन्द्रको प्यानल विजयी

रुकुम पश्चिम – कर्णाली प्रदेशको रूकुम पश्चिम चौरजहारी नगरपालिका वडान ३ मा नेकपा माओवादी केन्द्रबाट लाल बहादुर बुढाको प्यानल विजयी भएको छ।

नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धनलाई पराजित गर्दै अध्यक्षका उम्मेद्वार लाल बहादुर बुढाको प्यानल विजयी भएको हो।

लालबहादुर बुढाले ६ सय ३३ मत ल्याएर विजय भएका छन ,त्यस्तै सदस्यमा मिना के सी चरदी कामी इन्द्रा बटाला र चन्द्रा बस्नेत विजय भएका छन । २०७४ को निर्वाचनबाट लालबहादुर बुढाथोकी भारी मतका साथ बिजय भएका थिए।

यो पनि

चौरजहारी नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी

चौरजहारी नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ। वडा अध्यक्षका उम्मेद्वार इन्द्रे गिरी लगायत ५ जनाको सिङ्गो टीमनै विजयी भएकाे छ ।

गिरी ६ सय ८६ मत ल्याएर विजयी भएका हुन् ।त्यस्तै सदस्यमा गणेश लामिछाने , दौलत विष्ट चन्द्रकला सुनार , सीता विष्ट विजय भएका छन्।नेपाली काँग्रेस नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले विजय मारेको हो।

चौरजाहारी नगरपालिका वडा नम्बर २ माओवदी केन्द्रका बीरबहादुर राना

त्यससि गरि रुकुम पश्चिम् चौरजाहारी नगरपालिका वडा नम्बर २ माओवदी केन्द्रका बीरबहादुर रानासहितको प्यानल विजयी भएको छ।

को २०७४ स्थानीय निर्वाचनमा एकल प्रतिस्पर्धाबाट नेपाली काँग्रेस विजयी बनेको चौरजहारी नगरपालिका वडा नम्बर २ मा पनि नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धनलाई पराजित गर्दै नेकपा (माओवादी केन्द्र) का वडाअध्यक्षका उम्मेद्वारको प्यानल विजयी बानेको हो।