भरतपुरमा एमालेलाई पछि पार्दै रेणुको अग्रता

भरतपुर -भरतपुर माहानगरपालिकाको मेयरमा रेणु दाहालले अग्रता लिएकि छिन। गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालकाे अग्रताकाे अन्तर दुई मतमा झरेकाे छ ।

हालसम्म ६ हजार ६ सय ७७ मतगणना हुँदा दाहालले २ हजार ४ सय २५ मत प्राप्त गरेकी छिन । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २ हजार ४ सय २३ मत प्राप्त गरेका हुन्। यस्तै स्वतन्त्र उम्मेदवार जगनाथ पौडेल ७ सय ९५ मत ल्याउँदै तेस्राे नम्बरमा रहेका छन्।