स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा

२० असार, सुर्खेत
। स्वीडेन २४ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । स्वीडेन स्वीट्जरल्याण्डलाई हराउँदै विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो
मंगलबार भएको खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १-० ले हराएको हो
खेलको पहिलो हाफ त गोलरहित बराबरीमा सकिएको थियो तर त्यसपछी इमिल फोर्सबर्गको गोलबाट अग्रता लिएको स्वीडेनले
६६ औं मिनेटमा लगातार डिफेन्सिभ खेल खेल्यो ।
। काउन्टर अट्याकमा भूम बनाएका मार्टिन ओल्सनलाई फउल गरेको भन्दै रेफ्रीले पेनाल्टी दिनुका साथै स्वीट्जरल्याण्डका लङ्गलाई रातो कार्ड पनि देखाए ।
तर, भीएआर रिभ्यूले स्वीडेनको पेनाल्टी खोसियो र फ्रि किक मात्र दिइयो । इन्जुरी टाइमको अन्तिम मिनेटको फ्रि किकमा गोल नभएपनि स्वीडेन विजयी भएको छ ।
