कस्तो बन्यो अदालत ,,

असार २० – चलचित्र अदालतको छायांकन कार्य सकियको छ। ,चलचित्रले समाजमा देखा परेका महिला हिंसा, हत्या, अपहरणलगायत विभिन्न अवैधानिक तथा आपराधिक क्रियाकलापमा संलग्न अपराधीलाई सजाय दिने काम अदालतको हो भन्ने सन्देश दियको छ ।  दिनेश  लिङ्देनको निर्देशनमा तयार भएको चलचित्र अदालतलाई  फाल्गुनन्द लिङ्देन फिल्मसले प्रस्तुत गरेको छ  ।चलचित्रका प्रस्तुतकर्ता हस्त लिवाङका अनुसार नेपाली समुदायको बाहुल्यता रहेको मुलुकमा यसको प्रदर्शन गरिएपछि मात्र नेपालमा प्रदर्शन हुनेछ ।

चलचित्रमा मदन भुजेल, एलिना बास्कोटा, रुद्र पाहिम, राजकुमार अधिकारी, शान्ति घिसिङ, दिपक क्षेत्री, प्रेम आले, उदय सुब्बा, मेखबहादुर मगर, दिलिप ठकुरी, हस्त लिवाङ, राजु घिमिरेको अभिनय छ ।मेखबहादुर मगर कार्यकारी निर्माता र कविता राई निर्माता रहेको चलचित्रमा डा. डिजन भट्टराईको गीत, रोशन वान्तवा राइको संगीत, दिनेश माङ्मुको नृत्य, राजु किराँतीको एक्सन, सुसन साम्सोहाङ, यदु राई र मेनका राईको स्वर, राजु घिमिरेको मुख्य सहायक निर्देशक र विक्रम डिसीको छायांकन छ । चलचित्रको प्रदर्शन मिति एक कार्यक्रमगरि तोकिने निर्माण पक्षले बतायको छ ।