विश्वकपमा ८ टोली बाँकी : सेमिफाइनलका लागि को–को भिड्दै ?
रुसमा जारी फिफा विश्वकपक अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेलहरु सकिएका छन् । विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् । अब बाकी ८ टोलीको क्वाटरफाइल खेलहरु शुक्रबार देखि हुदै छन् । आयोजक रुससहित, ब्राजिल, बेल्जियम,उरुग्वे, फ्रान्स, क्रोएसिया, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा रहेको छन् ।
क्वाटरफाइलको पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुँदैछ। त्यही दिनको दोस्रो खेल पाँच पटकको विश्वविजेता ब्राजिल र बेल्जियमबीच हुनेछ ।
यसै गरि शनिबारको पहिलो खेल इंग्ल्याण्ड र स्विडेनबीच हुनेछ। इंग्ल्याण्ड हिजो टाइब्रेकरमा कोलम्बियालाई हराएर क्वार्टर फाइनल पुगेको हो । क्वार्टरफाइनलको अन्तिम खेल आयोजक रसिया र क्रोएशियाबीच हुनेछ। रसियाले २०१०को विश्वविजेता स्पेनलाई टाइब्रेकरमा स्तब्ध पारेर क्वार्टर फाइनल पुगेको थियो ।