Gold

साढे ५ सय विद्यार्थी सिन्धुपाल्चोकमा बाहिर ,,

Naumule Migrate

असार,२० सिन्धुपाल्चोक – नँया वर्षको सुरुसंगै सरकारले विद्यालयमा भर्ना अभियान सुरु गरेको छ ।विद्यालय जान बाट वन्चित रहेको सबै बालबालिकाहरुलाई विद्यालयमा भर्ना गराउने उदेश्यले सरकारले दोस्रो चरणको भर्ना अभियान सुरु गर्दै गर्दा भने सिन्धुपाल्चोकमा ५०० सय जना बालबालिकाहरु विद्यालय बाहिरै रहेको पाइएको छ । तत्कालिन जिल्ला शिक्षा कार्यालयले गत वर्ष गरेको घुरधुरी सर्वेक्षण अनुसार सबैभन्दा बढी साविकको बाँडेगाँउ गाविसमा विद्यालय बाहिर धेरै विद्यार्थीहरु रहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइले दोस्रो चरणको भर्ना अभियानको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहमा यो संख्याका बालबालिकाहरु विद्यालय बाहिरै रहेको तथ्यांक सार्वजनिक भएको हो । बाँडेगाउँमा मात्रै ९७ जना साविकको हैबुङ गाविसमा ८६, भोटेनाम्लाङमा ४१, बालबालिकाहरु विद्यालय बाहिर नै रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख गौरी शंकर पाण्डेले जानकारी दिए । देश स्थानीय संरचनामा गएपछि भनेको स्थानीय तह मध्ये बाह्रविसे नगरपालिकामा मात्रै ३०,चौतारा नगरपालिकामा ३५ बालबालिकाहरु विद्यालय बाहिर छन् ।

 

सरकारले बैशाख १ देखि १४ गतेसम्म पहिलो चरणको भर्ना अभियान सञ्चालन गरेको थियो । यो वर्षको भर्ना अभियानबाट कति बालबालिकाहरु विद्यालयमा भर्ना भए भन्ने आधिकारीक तथ्यांक नआएपनि अझै गत वर्षकै तुलनामा बालबालिकाहरु विद्यालय बाहिरै भएको हुन सक्ने समन्वय प्रमुख पाण्डेले बताए ।प्हिलो चरणमा विशिष्ट व्यक्तित्वहरुबाट अभिभावकत्व ग्रहण गर्दै विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउने सरकारले घोषणा गरेपनि सिन्धुपाल्चोकमा भने जम्मा चार जना विशिष्ट व्यक्तिहरुले मात्रै अभिभावकत्व ग्रहण गरेका छन् ।

राष्ट्रिय सभा सदस्य विमला राइले जिल्लाका १३ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेकी छन् । त्यस्तै कानूनमन्त्री शेरबहादुर तामाङले चार, प्रदेश ३ का सामजिक विकासमन्त्री युवराज दुलालले १, जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले १ र समन्वय इकाइका प्रमुख गौरी शंकर पाण्डेले एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेर विद्यालय भर्ना गराइदिएका छन् ।हास्य कलाकार जितु नेपालले पनि एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दे विद्यालयमा भर्ना गराइदिएका छन् । देश भरमा विभिन्न कारणले विद्याला जान नपायका विध्यार्थिलाई अध्यन र अनुसन्धान गरि भर्ना गर्न सरकारले अपिल गरेको छ।

Naumule Badhipahiro