तारा एयरको जहाज दुर्घटनामा ज्यान गुमाउने २२ जनाकै शव फेला को -को थिए

जेठ १७

जोमसोम – तारा एयरको ९ एन एईटी ट्विनअटर विमान दुर्घटनामा जयना गुमाउने सबै २२ जनाको श्वा फेला परेको छ। खराब मौसमका कारण हिजो सम्म एक जनाको शव फेला पर्न सकेको थिएन।

बेपत्ता भएको शव केहीबेर अघि मात्र फेला परेको सामाजिक अभियान्ता एवं उद्दारमा खटिएका पर्यटक गाईड ईन्द्रसिंह शेरचनले बताए। तारा एयर दुर्घटनामा ज्यान गुमाउने १० जनाको हिजोनै नेपाली सेनाले काठमाडौं ल्याएको थियो।

आइतबार मुस्ताङको थासाङ २ को सानुसरे पहाडमा तारा एअरको जहाज दुर्घटना भएको थियो। पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको ट्वीनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमान दुर्घटनाबारे कारण पत्ता लगाउन सरकारले ५ सदस्यीय आयोग गठन गरेको छ ।
को को थिए जहाजमा ,

मुस्ताङको थासाङ गाउँपालिका २ को मानापाथी हिमाल क्षेत्र १४ हजार ५ सय फिट उचाइमा पर्छ। सोहि स्थानमा तारा एयरको जहाज दुर्घटना परेको थियो। उक्त विमानमा चालक दलका तीन सदस्य र १९ यात्रु गरी २२ जना चढेका थिए।

तारा एयर प्रालिका अनुसार चालक दलमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयरहोस्टेस क्रिस्मी थापा थिए। १९ यात्रुमा तुल्सादेवी तामाङ, सुकुमाया तामाङ (धनुषा), राममाया तामाङ (काठमाडौं), मकरबहादुर तामाङ (धनुषा), रोजिना श्रेष्ठ (गोरखा), रश्मी श्रेष्ठ (गोरखा), रविना श्रेष्ठ (गोरखा), गणेशनारायण श्रेष्ठ (गोरखा), राजनकुमार गोले (धनुषा), पुरुषोत्तम गोले (धनुषा), इन्द्रबहादुर गोले (धनुषा), प्रकाश सुनुवार (ओखलढुंगा), बसन्त लामा (काठमाडौं) थिए। यस्तै, मेइक ग्रिट ग्राफ (जर्मनी), वी विल्नर (जर्मनी), भाइभावी बान्डेकर (भारत), अशोककुमार त्रिपाठी (भारत), धनुष त्रिपाठी (भारत) र ऋतिका त्रिपाठी (भारत) थिए।