कबड्डी कबड्डीकी अभिनेत्री मिरुनालाई सामाजिक सञ्जालमा थामीनसक्नु गालि

काठमाडौं- कबड्डी कबड्डी ४ की अभिनेत्री मिरुना मगरमाथि दर्शकले चर्को गालि गलौज गरेका छन्। मिरुनालाई सामाजिक सञ्जालभरि दर्शकले गालि गरेका हुन्। सिभिल मलमा कबड्डी ४ प्रदर्शन भइरहेका बेला दर्शकहरूलाई साथ् दिन पुगेकी अभिनेत्री मिरुना मगरले फुर्पा लामा तामाङलाई थप्पड हानेकी थिइन्।

दर्शकको भिडमा गलत नियतले फुर्पाले आफूमाथि हात लगाएको भन्दै अभिनेत्रीले आरोप लगाउँदै थप्पड हानेकी थिइन्। भिड भाडमा एक अर्कामा हिड्दा हात लात्ती लाग्न सक्छ तर त्यहि कुरालाइ नबुझेर मिरुनाले आरोप लगाउदै फुर्पालाई थप्पड हानेको भन्दै दर्शकले उनीमाथि गालि गलौज गरेका हुन्।

सामाजिक सञ्जालमा अचारको विवादपछि आज दुवैले एक अर्कामा माफी मागेर क्षमायाचना गरेका छन्। अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहारसम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगर समक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफ गरेकी छन्,’ विज्ञप्तिमा भनिएको छ।

lekbesi

साक्षीको रुपमा रहेका कबड्डी कबड्डीका निर्माण टोलीका तर्फबाट रामबाबु गुरुङ, अभिनेता दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सञ्जोग लाफा मगर र पशुपति राई रहेका छन्। फुर्पाको तर्फबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के र हिस्से लुन्डुप लामा रहेका छन्।