स्वतन्त्रले जित्दैमा देश चल्दैन देश चलाउने माओवादीले हो : प्रचण्ड

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र उम्मेदवारले देश चलाउनछन् भनेर कोहि भ्रममा नपर्न बताएका छन्।

आज काठमाण्डौमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका पालिकाका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।काठमाण्डाै र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर नागरिकले आफ्नाे पार्टीलाई भने पाठ सिकाएकाे दाहालले बताए।

चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएका अध्यक्ष प्रचण्डको भनाई छ। स्वतन्त्र उम्मेदवारले जित्दैमा देश चल्छ भन्नु भर्म हो अपवाद हो। उनले देशमा अझै कैयाैँ दशकसम्म पार्टीहरूले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताएका हुन्।

lekbesi

यस्तै माओवादीले गर्ने जस्तो व्यवहारका कुरा गरेका कतिपय स्वतन्त्र मान्छेहरूलाई जनताले पत्याउनुलाई अपवादको रूपमा लिन्छु । केही साथीहरूले भाेलि त ७ सय ५३ पालिकामै स्वतन्त्र उम्मेदवार हुन्छन् भन्नुभयाे तर त्यस्ताे होइन है ।

अझै कैयाैँ दशकसम्म पार्टीहरूले नै राज्य गर्छन् । स्वतन्त्र आएर नै लान्छन् भन्ने चाहिँ होइन । काठमाण्डाै र धरानमा जित्नेले हाम्राे पार्टीकाे जस्ताे कुरा गरेका छन् । हिजो हामीले जनताको सेवा गर्ने, धारो, फोहोरमैला व्यवस्थापन, शोषण, विभेद, अन्याय, अत्याचार सबै सिध्याउँछौँ भनेर भनेको होइन ? हामीले राम्रोसँग नगरेको देखेपछि जनताले स्वतन्त्रलाई जिताएर हामीलाई पाठ सिकाएको जस्तो लाग्छ मलाई । तर स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नु हुन्न । त्यो अपवाद हो दाहालले भने।

त्यस्तै अध्यक्ष प्रचण्डले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रूपमा नलिन पनि चेतावनी दिए । माओवादी केन्द्रले जितेका पालिकाहरूमा पार्टीको आधार इलाका हुने गरी काम गर्न समेत उनले निर्देशन दिए।