कलाकार दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भनेपछि विवाद उत्पन्न

जेठ १८

काठमाडौं – चर्चित कलाकार दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका छन् ।उनले सामाजिक सञ्जालमा वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका हुन् ।

सोमबार महानगरपालिकाको बैठकमा बालेन साहलाई वडाध्यक्षहरुले प्रक्रिया सिक्नुपर्ने भनेपछि विभिन्न प्रतिक्रिया आइरहँदा गिरीले बाँदरको संज्ञा दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्ः ‘प्रक्रिया सिकेर आउनु पर्छ सही हो, कुरा एकदम ठिक हो । बाँदरहरु कसरी तह लगाउने त्यो प्रक्रिया त अब सिक्दै पर्छ बालेनजी ।’

lekbesi