नागरिकता सच्याएर बृद्धभत्ता खाने व्याक्ति पक्राउ

जेठ १९-सन्धिखर्क -नागरिकता केरमेट गरेर बृद्धभत्ता खाने व्याक्ति पक्राउ परेका छन्। शितगंगा नगरपालिका- १३ सिमलपानीका केश बहादुर भाटलाई नागरिकता केरमेट गरेर बृद्धभत्ता खाएको आरोपमा प्रहरीले पाक्राउ गरेको हो।

उनले नागरिकतामा भएको जन्ममिति २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक शंकर खड्काले बताए।

उनको मतादाता परिचय पत्रमा २०१६।८।२४ गते नै रहेको भेटिएको प्रहरीको भनाई छ। पक्राउ परेका भाटलाई जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखि अनुसन्धान भैहरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ।

 

lekbesi