गायिका कल्पना दाहालले सुटुक्क बिहे गरेर भगिन

जेठ २१ काठमान्डौ – चर्चित लोकगायिका कल्पना दाहालले विवाह गरेकी छिन। गायिका दाहालले ‘कोर्ट म्यारिज’ गरेकी छन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा उनको अदालती बिहे भएको हो । दाहालले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग बिहे गरेकी हुन् । सोमबार बिहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विवाह दर्ताको प्रमाणपत्र पाएकी हुन् ।

उनीहरुको विवाहमा परिवारका सिमित सदस्य मात्र साक्षीका रुपमा गएको बुझीएको छ । विवाह दर्ताको प्रमाणपत्र लिएपछि बेहुला बेहुलीले काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो खिचाएर हतार हतार बाहिरिएका थिए ।

तपाईको बिहे भएछ नि भन्ने प्रश्नमा गायिका दाहालले भने आफ्नो बिहे भएको कुरा अस्वीकार गरिन् । उनले भनिन्–‘मेरो कहाँ बिहे हुनु र ? म त अहिले बानेश्वरमा चिया खाएर बसिरहेको छु ।गायिका दाहालले आफ्नो बिहे सार्वजनिक नगरेपनि जिल्ला अदालत काठमाडौं स्रोतले भने उनको बिहेको पुष्टि गरेको छ ।

lekbesi