surkhet

नेकपा स्थायी समितिको बैठक बालुवाटारमा ,,

surkhet

२१ असार काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे देखि सुरु भएको छ। विधानमा देखिएका त्रुटी सच्याउने विषयमा छलफल गर्नको लागि बैठक सुरु भयको हो । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले विधानका विवाद समाधानका लागि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो। सोही निर्णय अनुसार बिहीबार स्थायी समितिको बैठक बोलाइएको हो।

Gorkha

विधानमा देखिएको विववाद समाधानका लागि बैठक बसेर छलफल गर्ने बताइएको भए पनि अध्यक्षद्वय केपी शर्मा ओली चीन र पुष्पकमल दाहाल सिंगापुर गएपछि बैठक बस्न सकेको थिएन। नेकपाको विधानमा अनुशासन आयोगलाई कमजोर बनाइएको भन्दै केही शीर्ष नेताले विरोध जनाएका थिए। अष्टलक्ष्मी शाक्य, अमिक शेरचन, अमृत बोहोरा, युवराज ज्ञवाली, घनश्याम भुसाललगायतका नेताले विधान धेरै त्रुटीपूर्ण भएको भन्दै सच्याउन माग गरेका हुन्।

salyan