सरकारका दुई प्रभावशाली मन्त्री हटाईए

काठमाडौं- गठबन्धन सरकारका दुई प्रभावशाली नेता हटाईएका छन्। नेकपा एकीकृत समाजवादीबाट सरकारमा रहेका संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले मगर र शहरी विकास मन्त्री राम कुमारी झाँक्री मन्त्री पदबाट हटाईएक हुन्।

पाँच दलिय गठबन्धन सरकारमा रहेका मन्त्रीहरुमा यी दुई मन्त्रीको नाम चर्चामा अरहेको थियो। त्यास्तई विरोध खतिवडा, किसान श्रेष्ठ प्पानी मन्त्रीबाट हटाईएका हुन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्री फिर्ता बोलाउनॆ र नयाँ पठाउने कुरा पुरानै भएको र यो समय सान्दर्भिक स्समेत बताए।

आइतबार बसेको समाजवादी सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो। जसबाट अध्यक्ष नेपालले नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन्।

नेपालले नयाँ मन्त्री हरुमा सहरी विकास मन्त्रालयमा मेटमणी चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवरको नाम सिफारिस गरेका छन् । त्यसैगरी हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। स्वस्थ्य राज्यमन्त्री खापुङलाई मन्त्रीमा बढुवा गरेर उनको ठाउँमा केसीलाई ल्याइएको हो।