रुपन्देहीमा पुलबाट बस खस्यो ९ जनाको मृत्यु

काठमाडौं- रुपन्देही – रुपन्देहीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जना मध्ये ८ जनाकाे परिचय खुलेकाे छ ।

दुर्घटनामा तिलोत्तमा नगरपालिका २ योगीकुटीका विष्णु पौडेल, रौतहट चन्द्रनिगाहापुर बस्ने दिनेश दास, बुटवल उपमहानगरपालिका ११ का कृष्णप्रसाद बस्याल, रुपन्देहीको ओमसतियाका राजेन्द्र पाण्डे र तिलोत्तमा ८ की तुलसी बस्यालको ज्यान गएको हो । यस्तै भारतीय नागरिकहरू अरविन्द शर्मा र नागेन्द्र शर्मा र सञ्जय गुप्ताकाे ज्यान गएकाे हाे । एक जनाको परिचय खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका २३ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

lekbesi

जनकपुरबाट भैरहवाका लागि छुटेकाे लु २ ख ३८४१ नम्बरकाे बस बिहान भैरहवा–परासी सडक खण्डअन्तर्गत राेहिणी गाउँपालिका ३ र ओमसतिया गाउँपालिका ४ काे सीमानामा रहेकाे पुलबाट राेहिणी नदीमा खसेकाे थियाे ।