मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पनि अनसन सुरु

असार २१ सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालयक इन्जिनियरिङ संकायका विद्यार्थीहरुले हिजो देखि आमरण अनसन सुरु गरेका छन् । विश्वविद्यालयले विद्यार्थीहरुको मागहरुको सुनुवाई नगरेको भन्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले हिजो देखि अनसन सुरुगरेका हुन्
आफ्ना मागहरु क्याम्पस प्रशासनलाई राख्दा पनि वेवास्ता गरे पछि उनीहरु ले यस्तो गरेका हुन् । अनसन बस्ने मा इन्जिनियरिङ संकायका विद्यार्थी रोशन बस्नेत, मिलन विसी र रत्नकुमार शर्मा हुन् ।
उनिहरु बिरेन्द्रनगरले इन्जिनियरिङ संकायलाई स्वायत्त गराइनुपर्ने, १० प्रतिशत विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, सम्पूर्ण विषयगत शिक्षकहरुको उचित व्यवस्था गरिनुपर्ने र पुस्तकालयमा प्रयाप्त पुस्तकहरुको व्यवस्था गरिनुपर्ने जस्ता महत्वपुर्ण कुराहरु मा प्रशासन को ध्यान आक्रसन गराउन विश्वविद्यालयको केन्द्रीय महाविद्यालयको परिसरमा अनसशन बसेका हुन् ।
