Gold

माईतिघरमा प्रदर्शन गर्ने १२ जना पक्राउ ,,

Naumule Migrate

असार,२१ काठमाडौं – सरकारले तोकेको बाहेकको क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।अनसनरत डा. गोविन्द केसी र गंगामाया अधिकारीको पक्षमा काठमाडौंको माइती घर मण्डला क्षेत्रमा प्रदर्शन गरेको आरोपमा काठमाडौं प्रहरी परिसरले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इन्द्रप्रसाद अर्याल, चरण प्रसाईं, लोकराज अवस्थी लगायत १२ जना रहेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिय।
१५ औ अनसन बस्न जुम्ला पुगेका डा गोबिन्द केसीलाई प्रहरीले हस्तक्षेप गरि पक्राउ गरे पछि अहिले उनको स्वास्थ्य गम्भीर बनेको छ। केसी अहिले आईसीयुमा छन्, उनको माग छिटो भन्दा छिटो राज्यले माग पुरा गर्नपर्ने भन्दै जुम्लामा नाङ्गो जुलुस पनि निकालियको थियो । ,

Naumule Badhipahiro