चर्चित गायक तेजश रेग्मीको तालको पानीले बजारमा तहाल्का मच्चायो

असार १३

काठमान्डौ – नेपाली गीत संगीतमा बेग्लै आवाज र पहिचान बोकेका गायक संगीतकार तेजश रेग्मीको तालको पानी बोलको गीत भर्खरै बजारमा सार्वजनिक भएको छ ।

यो गीतले दर्शकलाई छम छमी नचाउने मात्र हैन उठक बसक नै गराएको छ। गायक रेग्मीको संगीत स्वर रहेको गीतमा गायिका रिना केसिले पनि दर्शकलाई स्वरबाटै पवित्र माया गरेको बताएकि छिन।

गोविन्द पौडेलको शब्द रहेको गीतलाई कुमार केसिले निर्देशन गरेका छन। गीतमा लोमस शर्मा तेजश रेग्मी र अस्मिता रान्पालको अभिनय रहेको छ।

lekbesi

गायक तेजश रेग्मीका थुप्रै गीत बजारमा बजिरहेको छन। गायक रेग्मीका पिँडालु कोक्याउला , भगेरी चरी ,गाजलु आँखै ,बन पाले ,ए हो र , साउने झरी लगायतका सयौ गीत चर्चामा छन । यस्तै गायक रेग्मीले लगतै तिज गीत बजारमा ल्याउन लागेको रंग दर्पनलाई बताए ।