रुकुम पश्चिम्मा पत्रकारले दुई बर्षबाट पारिश्रमिक नपाएको भन्दै धर्ना

असार १४,रुकुम पश्चिम् -रेडियोमा काम गरेको करिब दुई बर्षसम्म पनि पारिश्रमिक नपाएका रुकुमका पत्रकारहरुले काम गरेको रेडियोमा धर्ना दिएका छन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको रेडियो नयाँ नेपाल एफएममा कार्यरत पूर्व पत्रकार तथा कर्मचारीहरुले रेडियोमै धर्ना दिएका उनीहरुले आफूले काम गरेको पारिश्रमिक पाउनुपर्ने माग गर्दै एक घण्टा धर्ना बसेका हुन् ।

त्यस रेडियोमा कार्यरत ६ जना पत्रकार तथा कर्मचारीहरले करिब दुई बर्षसम्म काम गरेको पारिश्रमिक नपाएपछि यहि असार ७ गतेबाट आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।

lekbesi

त्यस क्रममा आज धर्ना एक घण्टा रेडियो कार्यालय अगाडि धर्ना दिएको पीडित पत्रकार सत्य बटालाले बताएका छन।

रेडियो सञ्चालक समितिले पारिश्रमिक दिने बिषयमा कुनै पनि वास्ता नगरेपछि आज रेडियोमै धर्ना कार्यक्रम गरिएको पत्रकार हिरा परियारले बताएका छन ।

उनिहरुको आन्दोलनमा सुरुवात देखि नै नेपाल पत्रकार महासंघ रुकुम पश्चिम ऐक्यबद्धता जनाएको छ । महासंघ सहित जिल्ला स्थित पत्रकारका विभिन्न संघ संगठनहरु नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र श्रमजीवि पत्रकार संघ नेपालले आन्दोलनमा साथ दिएका छन् ।

रेडियोमा काम गरेका ६ जना पत्रकारले आफुहरुले करिब १० लाख रुपैंया पाउन बाँकी रहेको र दुई बर्ष देखी आफुहरुले एक रुपैया पनि नपाएको गुनासो गरेका छन ।