surkhet

अब काठमान्डौमा भिक माग्न नपाईने अटेर गरे कडा कारबाही

असार १७

surkhet

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले क्षेत्रमा भिख माग्न निषेध गरिएको छ ।

काठमाण्डाै महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्रका  सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भिख माग्न निषेध गरेको जनाएको हो।

तर, साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने पाइने सूचनामा उल्लेख छ ।

Dailekh
Gorkha

साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भिख माग्न वा भीख माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ ।

असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भीख माग्न नपाउने भएका छन् ।यस्ता व्यक्तिका लागि काठमाण्डाै महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ ।

मानव सेवा आश्रमको सेवा आवश्यक परेमा महानगर वा आश्रममा सम्पर्क गर्न पनि आग्रह गरिएको छ । अबको १० दिनभित्र नियम पालना नगरे कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख गरिएकाे छ ।

salyan