जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्धकमाथी विप्लव कार्यकर्ताले दले कालो मोसो
काठमान्डौ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थीहरूले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल झालाई कालो मोसो दलेका छन।
विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै उनिहरुले झालाई कालोमोसो दलेको बताएका छन ।
जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल झालाई बिप्लबका पुराना विद्यार्थीले कालोमोसो दलेका छन।
नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिनासम्म पनि सरकारी विद्यालयमा पाठ्यपुस्तक नपुगेको र पाठ्यपुस्तक समयमै छपाइ नगरी विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरेको भन्दै उनिमाथी कालोमोसो दलियको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक विद्यार्थीले रंग दर्पनलाई बताए ।
