अध्यक्ष प्रचण्डद्वारा शिन्जो आवेको निधनप्रति दुःख व्यक्त

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले आवेको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।उनले आवे अर्थशास्त्र र सुरक्षा क्षेत्रको रूपान्तरणमा एसियाली महादेशका प्रेरणादायी नेता भएको बताएका छन् ।

उनले अवे आफ्नो र नेपालको निकै नजिकको साथी रहेको उल्लेख गरेका छन् । उनले आवेप्रति श्रद्धाञ्जली दिँदै परिवार तथा जापानी जनतामा गहिरो समवेदना व्यक्त गरेका छन् ।

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेले आज एक कार्यक्रममा भाषण गरिरहेको बेला अज्ञात व्याक्तीले गोलि हानेको थियो । गोलि लागेका आवेलाई अस्पताल पुर्याईपनि अस्पतालले मृत घोषणा गरेको छ ।
