ब्राजिल पनि विश्वकपबाट बाहिरियो ,,

असार ,एजेन्सी – रसियामा जारी विश्वकप २०१८ फुटबलबाट निरासाजनक सहित ब्राजिल बाहिरिएको छ । क्वाटरफाइनलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित हुदै ब्राजिल विश्वकपबाट बाहिरिएको हो । बेल्जियम भने ३२ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ । बेल्जियमले फाइनल प्रवेशका लागि सेमिफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

ब्राजिलका लागि रेनाटो अगुष्टोले गोल फर्काउदै खेल २–१ गोलको स्थितिमा पुर्याएपनि जित दिलाउन भने सकेनन् ।रेनाटो अगुष्टोले खेलको खेलको ७६औं मिनेटमा गोल गर्दै २–१ गोलको स्थितिमा पुर्याए । यसअघि पहिलो हाफमा बेल्जियमले २–० गोलको अग्रता बनाएको थियो । बेल्जियमले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै दोब्बर अग्रता बनाउन सफल भएको थियो ।